मङ्लबार, साउन २७, २०७७ | Tuesday 11th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • स्याङ्जामा प्रहरीलाइ कोरोना देखिएपछि चौकी सिल, विद्युतिय माध्यम बाट निबेदन दिन आग्रह
स्याङ्जा सेरोफेरो

स्याङ्जामा प्रहरीलाइ कोरोना देखिएपछि चौकी सिल, विद्युतिय माध्यम बाट निबेदन दिन आग्रह

  • स्याङ्जा सेरोफेरो बुधबार, साउन ७, २०७७ | July 22, 2020

स्याङ्जा सेरोफेरो, ७ साउन :

जिल्ला प्रहरी कार्यलय स्याङ्जामा तिन जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी चौकी सिल गरिएको छ । कार्यलयमा कार्यरत ३३, ३४ र ३८ वर्षीय प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएसंगै बुधवारदेखि चौकी सिल गरिएको हो ।

कार्यलयमा आप सर्बसाधरण तथा सेवाग्राहीहरुलाई प्रवेस पूर्ण रुपमा रोक लगाइएको छ । सेवाग्राहीहरुलाई विद्युतिय माध्यम इमेल बाट निबेदन तथा जाहेरी दिन आग्रह गरिएको छ ।

प्रहरी चौकी सिल गरी त्यहाँ कार्यरत सबै ८९ जना प्रहरीलाइ सुरक्षित साथ बस्न आग्रह गरिएको छ।

संक्रमित तिन जना मध्य एक जना सिपाही र दुइ जना हवल्दार रहेका छन् । उनीहरुमा मंगलबार दिउँसो कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

फेसबुक प्रतिक्रियाहरु