स्याङ्जा सेरोफेरो, ८ साउन :
जिल्ला प्रहरी कार्यलय स्याङ्जामा तिन जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी चौकी सिल गरिएको छ । कार्यलयमा कार्यरत ३३, ३४ र ३८ वर्षीय प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएसंगै बुधवारदेखि चौकी सिल गरिएको हो ।
कार्यलयमा आप सर्बसाधरण तथा सेवाग्राहीहरुलाई प्रवेस पूर्ण रुपमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालयको गेटबाट सर्बसाधरण तथा सेवाग्राहीहरुलाई छिर्न नदिए पनि प्रहरी कर्मचारीहरुले नै गेटमा आएर फाईल लिएर काम गर्दै आएका छन् ।
साथै सेवाग्राहीहरुलाई विद्युतिय माध्यम इमेल बाट निबेदन तथा जाहेरी दिन आग्रह गरिएको छ ।
यसैगरी गल्याङ नगरपालिका स्थित गल्याङ नगर अस्पतालको स्वास्थ्यकर्मीलाइ समेत कोरोना पोजेटिभ देखिएपछी अस्पतालबाट प्रदान भैरहेको सेवा प्रबाह बन्द गरिएको छ ।