स्याङ्जा सेरोफेरो, ९ साउन :
स्याङ्जामा ट्याक्टरको ठक्कर बाट एक जनाको मृत्यु भएको छ । स्याङजाको कालिगण्डकी गाउँपालिका वडा नम्बर १ ठाटीभञ्याङस्थित भित्री कच्ची सडकमा लु ३ त ४२०१ नम्बरको ट्याक्टरले स्थानीय ७६ वर्षीय कृष्ण रेश्मीलाई ठक्कर दिदा मृत्यु भएको हो ।
ठक्कर दिएपछी उपचारका लागि मिशन हस्पिटल पाल्पा पठाईएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । उपचारको क्रममा अस्पतालले बिहिबार राति ११ बजे मृत घोषणा गरेको हो ।
२७ वर्षीय ट्याक्टर चालक रिक बहादुर गाहा र ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
घटनाको थप अनुसन्धान कार्य जारी रहेको प्रहरी नायव निरिक्षक अधिकारीले बताउनुभयो ।