No menu items!

स्याङ्जामा दुर्लभ प्रजातिको अजिङ्गर फेला

स्याङ्जा सेरोफेरो, ९ साउन :

स्याङ्जामा दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ ।

चापाकोट नगरपालिका वडा नम्बर १० स्थित किसान भन्ने ठाउँमा शुक्रबार फलेदाको रुखमा उक्त दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको हो ।

खेतमा पानी लगाउन गएका स्थानीयवासीले अजिङ्गर देखेर चापाकोट प्रहरीचौकी तथा डिभिजन वन कार्यालय स्याङ्जामा खबर गरेका थिए ।

सो अजिङ्गर झण्डै १० फुट लम्बाइ र २५-३० केजी तौलको रहेको जनाइएको छ ।

कालीगण्डकी नदी नजीकै रहेकाले अजिङ्गर त्यतैबाट आएको हुन सक्ने अनुमान गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Latest News