No menu items!

अर्जुनचौपारी गाउँपालिकाको दरौंमा झुण्डीएर एक महिलाको मृत्यु

स्याङ्जा सेरोफेरो, ९ साउन :

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ६ स्थित दरौंमा झुण्डीएर एक महिलाको मृत्यु भएको छ ।

२५ वर्षीय जमुना जि.टी. बिहिबार आफ्नै घरको भान्सा कोठामा रहेको काठको बलोमा चुन्नी (सल) को पासो लगाई झुण्डीएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisements

मृतकको लास पोष्ट मार्टमको लागि शुक्रवार जिल्ला अस्पताल स्याङ्जामा राखिएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Latest News