मङ्लबार, कार्तिक ४, २०७७ | Tuesday 20th October 2020
जोडिनुहोस
धर्म संस्कृती

यसरी मनाइयो नागपञ्चमी

  • स्याङ्जा सेरोफेरो शनिबार, साउन १०, २०७७ | July 25, 2020

स्याङ्जा सेरोफेरो, १० साउन :

आज नागको तस्वीरलाई घरको मूल प्रवेशद्वारामा टाँसेर पूजाअर्चना गरी नाग पञ्चमी मनाइएको छ ।

हिन्दु धर्म, परम्परा अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी नागको पूजा अर्चना गरी मनाइन्छ ।

घरमा सर्प, बिच्छी लगायतका विषालु जीवले दुःख नदिने तथा आगो र चट्याङको भय नहुने जनविश्वासका साथ नाग पञ्चमी मनाउने चलन रहेको छ ।

यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ ।

आजको दिनमा विभिन्न नागको वासस्थान भएका स्थानहरू पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ ।

आजको दिनदेखि बर्खा सकिएर हिउँद सुरू भएको मान्ने प्रचलन छ ।

फेसबुक प्रतिक्रियाहरु