मङ्लबार, साउन २७, २०७७ | Tuesday 11th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • नेपाली कांग्रेस स्याङजाका प्रबक्ता ईन्द्रबहादुर गोदारलाई मातृशोक
स्याङ्जा सेरोफेरो

नेपाली कांग्रेस स्याङजाका प्रबक्ता ईन्द्रबहादुर गोदारलाई मातृशोक

  • स्याङ्जा सेरोफेरो शनिबार, साउन १०, २०७७ | July 25, 2020

स्याङ्जा सेरोफेरो, १० साउन :

नेपाली कांग्रेस स्याङजाका प्रबक्ता ईन्द्रबहादुर गोदारलाई मातृशोक परेको छ ।

गोदारकी आमा रेवती गोदारको शनिबार ८८ वर्षको उमेरमा पुतलीबजार नगरपालिका वडा नम्बर ५ नयाँ बजारमा निधन भएको हो । गोदारको आमा विगत लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट ग्रसित हुनुहुन्थ्यो ।

रेवतीको पोखरा स्थीत रामघाटमा अन्त्यष्टी गरिएको छ । स्वर्गिय गोदारका श्रीमान, २ छोरा र ३ छोरी हुनुहुन्छ ।

अन्त्यष्टीमा संविधान सभा सदस्य राजु थापाले रेवतीको पार्थीव शरीरमा नेपाली कांग्रेस पार्टीको झण्डा ओडाएर सम्मान व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस स्याङजाका कार्यवहाक सभापती कुमार राना, क्षेत्रीय सभापतीहरु तुलसीराम रेग्मी र देवबहादुर खाणँ ‘ईश्वर’ लगायत जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको ठुलो उपस्थीती रहेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु