मङ्लबार, साउन २७, २०७७ | Tuesday 11th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • राजनीति
  • गोविन्दराज जोशीसहित तीन जना नेता कांग्रेसबाट निष्काशित
राजनीति

गोविन्दराज जोशीसहित तीन जना नेता कांग्रेसबाट निष्काशित

  • स्याङ्जा सेरोफेरो शनिबार, साउन १०, २०७७ | July 25, 2020

काठमाडौँ, १० साउन :

नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशीसहित तिन जना नेतालाइ पार्टीबाट निष्काशित गरेको छ ।

जोशीसहित महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्ट पार्टीबाट निष्काशित भएका हुन् ।

नेपाली कांग्रेस अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बे, उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल रहेको समितिले दुई नेतालाई पाँचवर्ष कांग्रेसबाट निष्काशित गर्ने निर्णय गरेको हो ।

अर्का डडेल्धुराका नेता रामबहादुर विष्टलाई ३ वर्षका लागि पार्टीबाट निष्काशित गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु