शनिबार, साउन ३१, २०७७ | Saturday 15th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • स्याङ्जाका विभिन्न आईसोलेसनमा १२ जना
स्याङ्जा सेरोफेरो

स्याङ्जाका विभिन्न आईसोलेसनमा १२ जना

  • स्याङ्जा सेरोफेरो आइतवार, साउन ११, २०७७ | July 26, 2020

स्याङ्जा सेरोफेरो, ११ साउन :

जिल्ला भित्र रहेका विभिन्न आईसोलेसनमा १२ जना मात्रै रहेका छन् । कालिका सामुदायिक अस्पताल हेलुमा २ जना, गल्याङ नगर अस्पताल र गंगालाल मा.वि चापाकोटमा १÷१ जना, कुवर समाज हल वालिङमा ३ जना, करेन्डाडा स्वासथ्य चौकीमा २ जना र भाटखोला स्वास्थ्य चौकी फेदिखोलामा ३ जना रहेका छन् ।

त्यसैगरी विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा १ सय ९३ जना र २ जना होम क्वारेन्टाईनमा रहेका जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । उनीहरु भारत तथा तेस्रो मुलकबाट आएका प्रहरीले जानकारी दिएको छ ।

हालसम्म ३ हजार १ सय ८३ जनाको पिसिआर रिपोर्ट आएकोमा १ सय ८० पुरुष र २५ महिलाको पोजेटिभ आएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायव निरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । पोजेटिभ आएको मध्ये २ जनाको मृत्यु भएको प्रहरी नायव निरिक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए ।

कोरोना पोजेटिभ आएका मध्ये १ सय ८८ जनाको पुनःचेक गर्दा नेगेटिभ आई घर फिर्ता भएको प्रहरीले बताएको छ । हाल सम्म स्याङजामा १ हजार ६ सय २५ जनामा आरडिटि परिक्षण गर्दा १० जना पुरुषमा र २ जना महिलामा कोरोना पोजेटिभ देखिएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु