शनिबार, साउन ३१, २०७७ | Saturday 15th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • प्रवास
  • कोरोनाका कारण साउदीमा स्याङ्जाका एक युवाको मृत्यु
प्रवास

कोरोनाका कारण साउदीमा स्याङ्जाका एक युवाको मृत्यु

  • स्याङ्जा सेरोफेरो सोमवार, साउन १२, २०७७ | July 27, 2020
सांकेतिक तस्बिर

एजेन्सी, १२ साउन :

कोरोना भाइरसका कारण साउदी अरबमा स्याङ्जाका एक युवाको मृत्यु भएको छ । गल्याङ नगरपालिका वडा नम्बर ८ (साविकको तिन्दावाटे १) का ३४ वर्षीय रोशन श्रेष्ठको कोरोनाका कारण मृत्यु भएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्ण पंगेनीले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण भएपछि विगत ३५ दिनदेखि साउदीको दमाम सेन्ट्रल अस्पतालमा उपचाररत श्रेष्ठको आइतवार मृत्यु भएको हो । बिदामा घर आएपछि उहा नेपालमा लकडाउन हुनु भन्दा एक दिन अगाडी मात्रै साउदी अरब पुग्नु भएको थियो ।

श्रीमती सहित साउदीमा बस्दै आउनु भएका श्रेष्ठ बिदामा घर आएपछि श्रीमतीलाई काठमाण्डौ नै छोडेर श्रेष्ठ मात्रै साउदी तर्फ उड्नु भएको थियो । श्रेष्ठको श्रीमती, आमा र एक जना भाइ रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु