आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • खोरबारका कृषकलाई अमिलो जातका विरुवा वितरण
स्याङ्जा सेरोफेरो

खोरबारका कृषकलाई अमिलो जातका विरुवा वितरण

  • स्याङ्जा सेरोफेरो सोमवार, साउन १२, २०७७ | July 27, 2020

चुत्र महत, भीरकोट :

भीरकोट नगरपालिकाले कृषकलाई शतप्रतिशत अनुदानमा अमिलो जातका विरुवा वितरण गरेको छ । भीरकोट ८ को खोरबारका पहिरो पिडितलाई ३०० बेर्ना अमिलो जातका विरुवा वितरण गरिएको हो ।

खोरबारमा पहिरो जाँदा त्यहाँका कृषकहरुले लगाएको फल दिन तयार रहेका ५०० सुन्तालालाई क्षति पु¥याएको थियो । गत असार २८ गते खोरबारमा पहिरो जाँदा स्थानीय लालबहादुर खत्रि, फनबहादुर खत्रि, रामचन्द्र खत्रि र भक्तबहादुर खत्रिले १० रोपनी क्षेत्रफलमा लगाएको सुन्तला नष्ट गरेको छ भने २ घर परिवार समेत जोखिममा रहेका छन् ।

आईतबार पिडित कृषकहरुलाई अमिलो जातका बेर्ना वितरण तथा पहिरो निरिक्षणमा नगरप्रमुख छायाराम खनाल, नगरप्रवक्ता दिपेन्द्र केसीसहितको जनप्रतिनिधि र सञ्चारकर्मीको टोली खोरबार पुग्नुभएको थियो ।

त्यस्तै पहिरोले त्यहाँका १० घरपरिवारलाई खानेपानीको समस्या भएपछि ३५० मिटर २० एमएमको पाईप समेत हस्तान्तरण गरिएको छ । निरिक्षण तथा राहत हस्तान्तरण कार्यक्रममा नगरप्रमुख खनालले जनताको सुखदुखमा जनप्रतिनिध साथमा रहेको भन्दै प्राविधिक पठाएर क्षतिको थप यकिन गरी सहयोग गरिने बताउनुभयो ।

साथै पहिरोलाई रोक्न भल कटानका लागी ४५ मिटर ४ इन्चको पाईप समेत प्रदान गरिएको छ । अपरिपक्क विकासले गर्दा वर्षायाममा ग्रामिण भेगका स्थानीय यसरी नै प्रभावित हुनुपर्ने स्थानीयको भनाई छ । प्रमुख खनालले भौगोलिक अवस्थालाई हेरी असहज स्थानहरुमा जनताको सहजताका लागी ग्रामिण सडकको स्तरोन्नति गर्नुपर्ने बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु