शनिबार, साउन ३१, २०७७ | Saturday 15th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • स्याङ्जाको पुतलीबजार नगरपालिका सिल
स्याङ्जा सेरोफेरो

स्याङ्जाको पुतलीबजार नगरपालिका सिल

  • स्याङ्जा सेरोफेरो मङ्लबार, साउन १३, २०७७ | July 28, 2020

स्याङ्जा सेरोफेरो, १३ साउन :

स्याङ्जाको पुतलीबजार नगरपालिका १० दिनको लागि सिल गरिएको छ । सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टी भएपछि कोभिड क्राईसिस म्याजेजमेन्ट सेन्टरको बैठकले १० दिन पुतलीबजार सिल गर्ने निर्णय गरेको हो ।

सुरक्षाकर्मी जिल्लाको धेरै ठाउँमा पुगेको र धेरै जना सँग सम्पर्कमा आएको हुँदा धेरै खतरा देखिएको र सामुदायमा कोरोना फैलिन नदिन अत्यावश्यक सेवा बहायक पूर्ण रुपमा बन्देज गरी सिल गरिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

सिलको समयमा कोरोना संक्रमीतहरुको कन्ट्याक्ट ट्रेसीङ गरिने स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो । कन्ट्याक्ट ट्रेसीङ विश्व स्वास्थ्य संस्थाको रोहोबरमा गरिने शर्माले बताउनुभयो ।

साथै समुदायमा पनि पिसिआर टेष्ट गर्नुपर्यो स्थानीय बताउछन ।

आवश्यकता अनुसार अन्य पालिकाहरुमा पनि सिल हुन सक्ने बताइएको छ । सरकारी कार्यलय वा बैंकहरुमा भिडभाड नगर्न अनुरोध गरिएको छ । औषधी पसलहरु बहायक अन्य पसलहरु बन्द गर्न लगाउने लगायतका निर्णयहरु भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु