शनिबार, साउन ३१, २०७७ | Saturday 15th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • बिश्वो
  • चीनले ल्यायो कोरोनाविरुद्धको खोप प्रयोगमा
बिश्वो

चीनले ल्यायो कोरोनाविरुद्धको खोप प्रयोगमा

  • स्याङ्जा सेरोफेरो बुधबार, साउन १४, २०७७ | July 29, 2020

एजेन्सी, १४ साउन :

चीनले कोरोना भाइरसविरुद्धको खोपलाई प्रयोगमा ल्याएको छ । कोरोनाविरुद्ध अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीमा यसको प्रयोग उनीहरुको इच्छा मुताबिक ल्याउन थालेको हो ।

चिनियाँ नेश्नल फार्मा ग्रुप सिनोफार्मद्वारा निर्मित कोरोना खोपलाई अत्यावश्यक संक्रमितमाथि प्रयोग गरिने कम्पनीले जनाएको थियो । कम्पनीले आधिकारिक रुपमा खोपको व्यवसायिक प्रयोग गर्ने अनुमति भने पाइसकेको छैन् ।

स्वयंसेवीमा खोपको प्रयोग गर्दा खोप साकारात्मक र सुरक्षीत पाइएको कम्पनीले बताएको छ । खोपको अन्तिम चरणको परिक्षण भने चालू अवस्थामा रहेको कम्पनीले बताएको छ । संघाईका केही स्थानिय अस्पतालका स्वास्थ्यकर्मीहरुमा खोपको निः शुल्क लगाइएको छ । उनीहरुको स्वास्थ्य अवस्थाको नतिजाको पर्खाइमा कम्पनी रहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु