बिहिबार, साउन २२, २०७७ | Thursday 6th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो खोज
  • स्याङ्जा प्रहरीमा कोरोना सामूदायबाटै फैलिएको
स्याङ्जा सेरोफेरो खोज

स्याङ्जा प्रहरीमा कोरोना सामूदायबाटै फैलिएको

  • स्याङ्जा सेरोफेरो बुधबार, साउन १४, २०७७ | July 29, 2020

स्याङ्जा सेरोफेरो, १४ साउन :

बालविवाहको आरोपमा १३ दिनअघि स्याङ्जाका ४ जना पक्राउ प्ररेकामध्य बेहुलालाई मंगलबार कोरोना पुष्टि भएको छ । थुनुवा कक्षमा रहेका अन्य तीन जनाको भने रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ ।

तिन दिन अघि सम्म स्याङ्जा जिल्ला भित्र रहेका विभिन्न आईसोलेसनमा १२ जना मात्रै रहेका थिए । कोरोना निको भएर घर जानेको संख्या बढ्दो क्रममा रहेको थियो । आईसोलेसनहरु खालि हुदै थिए । स्याङ्जामा व्यापार, व्यवसाय गर्नेहरुमा पनि नयाँ रौनक छाउन थालेको थियो । बजारहरुमा बिस्तारै गाउँ बाट मानिसहरुको आवत-जावत बढ्दै थियो । बजार बाट ग्रामीण भेगमा जाने जिपहरुले पनि केहि राहत महशुस गरेका थिए ।

तर तिन दिन भित्रमा संक्रमित एक्कासी बढ्दा अहिले स्याङ्जाको पुतलीबजार नगरपालिका मंगलबार देखि १० दिनको लागि सिल भएको छ । त्यस्तै बुधवार बिहान देखि यता भीरकोट नगपालिकाले पनि भीरकोटमा संचालित व्यवसायहरुलाइ कोरोना संक्रमणको जोखिम रहेको भन्दै बन्द गराएको छ । आवश्यकता अनुसार अन्य पालिकाहरु पनि सिल हुन सक्ने बताइएको छ ।

अहिले जिल्ला प्रहरी कार्यलय स्याङ्जा कोरोना भाइरसको नया ‘हटस्पट’ बनेको छ । हालसम्म ३८ जना प्रहरी कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

यसअघि साउन ६ गते जिल्ला प्रहरी कार्यलयका तिन जना प्रहरीमा कोरोना संक्रमण भेटिएको थियो । त्यस लगतै जिल्ला प्रहरी कार्यालय सिल गरेर कार्यलयमा कार्यरत सबै प्रहरी कर्मचारीको स्वाब परीक्षण गर्न पोखरा पठाइएको थियो । जसमा सोमबार स्याङ्जा प्रहरी प्रमुख एसपीसहित १८ जना, मंगलवार १६ जना र बुधवार १ जना प्रहरीमा संक्रमण भेटिएको हो ।

९८ जना प्रहरी कर्मचारीको स्वाब परीक्षण गर्न पठाएको र केहीको अझै परीक्षण रिपोर्ट आउन बाँकी रहेको स्याङ्जा प्रहरीले जनाएको छ । प्रहरी कर्मचारीमा कोरोना भाइरस फैलिएपछि मंगलबारदेखि स्याङ्जामा लकडाउन कडा पारिएको छ ।

सुरक्षाकर्मी जिल्लाको धेरै ठाउँमा पुगेको र धेरै जना सँग सम्पर्कमा आएको हुँदा धेरै खतरा देखिएको र सामुदायमा कोरोना फैलिन नदिन अत्यावश्यक सेवा बहायक पूर्ण रुपमा बन्देज गरी सिल गरिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

सिलको समयमा कोरोना संक्रमीतहरुको कन्ट्याक्ट ट्रेसीङ गरिने स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो । कन्ट्याक्ट ट्रेसीङ विश्व स्वास्थ्य संस्थाको रोहोबरमा गरिने शर्माले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु