शनिबार, साउन ३१, २०७७ | Saturday 15th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • स्याङ्जा प्रहरीमा देखिएको कोरोना फरक र छिटो सर्ने
स्याङ्जा सेरोफेरो

स्याङ्जा प्रहरीमा देखिएको कोरोना फरक र छिटो सर्ने

  • स्याङ्जा सेरोफेरो बिहिबार, साउन १५, २०७७ | July 30, 2020

स्याङ्जा सेरोफेरो, १५ साउन :

जिल्ला प्रहरी कार्यलय स्याङ्जामा फैलिएको कोरोनाको हालसम्म स्रोत खुल्न सकेको छैन । स्वास्थ्य कार्यालय स्याङ्जाले क्वारेन्टिन र आइसोलेसनबाट प्रहरीमा कोरोना नफैलिएको जनाएको छ । यसको मतलव स्याङ्जा प्रहरीमा कोरोना सामूदायबाटै फैलिएको हो ।

सुरक्षाकर्मी जिल्लाको धेरै ठाउँमा पुगेको र धेरै जना सँग सम्पर्कमा आएको हुँदा स्याङ्जा जिल्लामा कोरना संक्रमण फैलिने खतरा बढेको छ । अहिले संक्रमित देखिएका सबैको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ ।

स्याङ्जा प्रहरीमा कोरोना भाइरसको फैलावट अन्य जिल्लाको तुलनामा फरक देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताउनुभयो । स्याङ्जामा भाइरस छिटो फैलिएको र धेरै पोजेटिभ केस देखिएको शर्माको भनाइ छ ।

उहाले भन्नुभयो अन्य जिल्लाहरुमा भारत र अन्य मुलुकबाट आएका संक्रमितबाट स्वास्थ्यकर्मी लगायतलाई कोरोना भाइरस सरेको थियो । उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । स्याङ्जा प्रहरीमा देखिएको भाइरस छिटो फैलिएको उहाको भनाइ छ ।

त्यस्तै यता गल्याङ नगरपालिकामा पनि बुधवार आठ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्वारेन्टानमा बसेका ६ जना, एक जना औषधी पसल व्यवसायी र एक प्रहरीमा संक्रमण पुष्टी भएको हो ।

गल्याङमा ४२ जनाको रिपोर्ट संकलन गरिएकोमा ३८ जनाको नतिजा आएको थियो । जसमध्ये ३० जनाको नतिजा नेगेटिभ आएको छ ।

यसैबीच, गल्याङमा अत्यवाश्यक बाहेकका सम्पूर्ण सेवा बन्द भएको छ । बुधबार बसेको गल्याङ नगर स्तरीय विपद व्यवस्थापन समन्वय समितिको बैठकले साउन २३ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो ।

प्रहरी कर्मचारीमा कोरोना भाइरस फैलिएपछि मंगलबारदेखि स्याङ्जामा लकडाउन कडा पारिएको छ । अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु