शनिबार, साउन ३१, २०७७ | Saturday 15th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • वालिङ नगरपालिका
  • स्याङ्जाको वालिङमा जिप दुर्घटना
वालिङ नगरपालिका

स्याङ्जाको वालिङमा जिप दुर्घटना

  • स्याङ्जा सेरोफेरो बिहिबार, साउन १५, २०७७ | July 30, 2020

स्याङ्जा सेरोफेरो, १५ साउन :

वालिङ नगरपालिका वडा नम्बर १२ जयराने स्थित बायटारी छाप भित्री सडक खण्डमा वालिङबाट सिर्सीकोट मैदान तर्फ जादै गरेको ग १ ज ७४७१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा जिपका १४ वर्षीय सहचालक सुदिप गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा पाँच जना घाइते भएका छन् । उनीहरुको पोखरा र वालिङका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जिप सडकबाट १०/१५ मिटर तल खसेको र जिप चालक फरार रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु