शनिबार, साउन ३१, २०७७ | Saturday 15th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • वालिङ नगरपालिका
  • वालिङ जिप दुर्घटना : घाइतेहरुको नाम खुल्यो
वालिङ नगरपालिका

वालिङ जिप दुर्घटना : घाइतेहरुको नाम खुल्यो

  • स्याङ्जा सेरोफेरो बिहिबार, साउन १५, २०७७ | July 30, 2020

स्याङ्जा सेरोफेरो, १५ साउन :

वालिङ नगरपालिका वडा नम्बर १२ जयराने स्थित बायटारी छाप भित्री सडक खण्डमा वालिङबाट सिर्सीकोट मैदान तर्फ जादै गरेको ग १ ज ७४७१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा जिपका १४ वर्षीय सहचालक सुदिप गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा पाँच जना घाइते भएका छन् । उनीहरुको पोखरा र वालिङका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जिप सडकबाट १०/१५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरुको नाम यस प्रकार छः 

४२ वर्षीय लिलाराम गुरुङ (चालक)

६५  वर्षकी तिल कुमारी थापा

३० वर्षकी तिल कुमारी गुरुङ

२३ वर्षकी ममता गुरुङ

४५ वर्षकी थन माया गुरुङ

२८ वर्षकी पनिता गुरुङ

फेसबुक प्रतिक्रियाहरु