बुधबार, अशोज ७, २०७७ | Wednesday 23rd September 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • स्याङ्जा : मेयरलाई फसाउन र जोगाउनमा मिडिया
स्याङ्जा सेरोफेरो

स्याङ्जा : मेयरलाई फसाउन र जोगाउनमा मिडिया

  • स्याङ्जा सेरोफेरो मङ्लबार, भदौ २, २०७७ | August 18, 2020

स्याङ्जा सेरोफेरो, २ भाद्र :

स्याङ्जा बाट अहिले सोसल मिडियामा एक समाचार भाइरल भएको छ । वालिङ ८ डुम्रिकोटमा दुई दलका कार्यकर्ताबीच भएको कुटपिटमा वालिङ ९ का जितेन गुरुङ घाइते भएका थिए । उनको आँखा र टाउकोमा चोट लागेको थियो ।

उक्त घटनालाइ लिएर केहि अनलाइन मिडियाहरुले चापाकोट नगरपालिकाका नगर प्रमुख शिबकुमार गिरी संलग्न रहेको उल्लेख गरेका छन् भने केहि अनलाइन मिडियाहरुले गिरि संलग्न नरहेको उल्लेख गरेका छन् । दुई दलकाका अनलाइन मिडियाहरुले गिरीलाई फसाउने र जोगाउने क्रममा समाचार भाइरल भएको हो ।

अनलाइन मिडिया थाहा खबरले स्याङ्जाको चापाकोटका मेयरको समूहले फेरि युवा कुट्यो शीर्षकको समाचार राखेको छ । समाचारमा स्याङ्जाको चापाकोटका मेयर शिव कुमार गिरीसहित सरकारी सवारी साधनमा सवार समूहले फेरि युवालाई कुटपिट गरिएको उल्लेख छ ।

अनलाइन मिडिया दृष्टि लाइभले चापाकोटका मेयर शिवकुमार गिरीको दादागिरी : फेरि मान्छे कुटे शीर्षकको समाचार राखेको छ । समाचारमा चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरीको दादागिरीको श्रृङ्खला जारी नै छ । आइतबार राति मेयर गिरीको दादागिरीको अर्को श्रृङ्खलाको थपिएको छ । राति लगभग साढे ९ बजे मेयर गिरीको नेतृत्वमा वालिङमा फेरि मान्छे कुटपिट गरिएको उल्लेख छ ।

त्यस्तै अनलाइन मिडिया हाम्रा कुराले मिडिया जिम्मेवार बन्न चापाकोटका मेयरको आग्रह, यस्तो थियो आइतबार रातीको घटना शीर्षकको समाचार राखेको छ । समाचारमा कुटपिटको घट्नालाई लिएर प्रकाशित गरिएको समाचार झुटा, कपोकल्पीत र राजनीतिक पुर्वाग्रहबाट सिर्जेको देखिएको र घट्नाको सत्यतथ्य नबुझि तोडमोड गर्ने प्रचलनले मिडियाको विश्वस्नीयता माथी गम्भिर प्रश्न उठेको मेयरले बताएको उल्लेख छ ।

अनलाइन मिडिया आँधिखोला खबरले वालिङमा मेयरबाट कुटिएका भनिएका युवाले नै आक्रमण गरेको भेटियाे, आँफूलाई जोडेर समाचार बनाईएको भन्दै मेयर गिरीद्वारा ध्यानाकर्षण । शीर्षकको समाचार राखेको छ । समाचारमा सामान्य घटनालाई लिएर सत्ताको दुरुपयोग गर्दै राजनीतिक रंग दिन खोजिएको र आफ्नो व्यक्तिगत चरित्र हत्या गर्न खोजिएको भन्दै सत्य तथ्य छानविनको दोषी उपर कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी गंगावहादुर क्षेत्री समक्ष पुगेको उल्लेख छ ।

यस घटनामा संलग्न विनय र सुनिल एस.के चापाकोट नगरपालिकाका कर्मचारीहरु हुन् तर यस घटनामा मेयर कसरि र किन संलग्न रहेका छन् भनेर कुनै पनि मिडियाले पुष्टी गर्न सकेको छैन ।

 

 

फेसबुक प्रतिक्रियाहरु