बुधबार, अशोज ७, २०७७ | Wednesday 23rd September 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • फिचर न्युज
  • जन्मदिनको अवसरमा वृद्धाश्रमका बृद्धहरुलाइ एक दिनको भोजन
फिचर न्युज

जन्मदिनको अवसरमा वृद्धाश्रमका बृद्धहरुलाइ एक दिनको भोजन

  • स्याङ्जा सेरोफेरो मङ्लबार, भदौ २, २०७७ | August 18, 2020

स्याङ्जा : मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, पैसा खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्छन् । तर एक युवाले आफ्नो जन्मदिनको अवसरमा खर्च कटाएर बृद्धहरुलाइ एक दिनको भोजन स्वोरुप नगद सहयोग गरेर एक उदाहरणीय काम गरेका छन् ।

मंगलवार भाद्र २ गते  जन्मदिन परेका स्याङ्जाको गल्याङ नगरपालिका वडा नं २ चिर्तुङका नेपाल बैंक वालिङमा कार्यरत विष्णु न्याैपानेले आफ्नो जन्मदिनको अवसर पारेर वृद्धाश्रमका बृद्धहरुलाइ एक दिनको भोजन स्वोरुप ६ हजार एक सय रुपैया नगद सहयोग गरेका छन् ।

जन्मदिनको अवसरमा पार्टी गरेर पैसा खर्च गर्नु भन्दा केहि सामाजिक कार्य गर्ने मनसायले थोरै भए पनि न्याैपानेले सहयोग गर्नुभएको शिव-पार्वती वृद्धाश्रम, राम्दीका संयोजकले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु