बुधबार, अशोज ७, २०७७ | Wednesday 23rd September 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • मल्टीमिडीया
  • सज्जा चौलागाईं बनिन् ‘नेपाल आइडल सिजन ३’ की विजेता
मल्टीमिडीया

सज्जा चौलागाईं बनिन् ‘नेपाल आइडल सिजन ३’ की विजेता

  • स्याङ्जा सेरोफेरो शनिबार, भदौ १३, २०७७ | August 29, 2020

काठमाडौँ : नेपाल आइडल सिजन-३ को विजेता मोरङकी सज्जा चौलागाईं बनेकी छिन । त्यस्तै प्रवीण बेडवाल फस्ट रनरअप भए भने किरण भुजेल दोस्रो बने ।

ग्रान्ड फिनालेमा प्रतिस्पर्धी, निर्णायक कोही उपस्थित थिएनन् । नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएसँगै सबैजना आइसोलेसनमा जानु परेका कारण अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेता घोषणा गरेका हुन् ।

एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको  थयो ।

नेपाल आइड–३ को उपाधिसहित विजेता सज्जाले ले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु