No menu items!

स्याङ्जामा भरूवा बन्दुकको छर्राले लागी एक जना घाईते

१९ भाद्र, स्याङ्जा सेरोफेरो :

स्याङजाको अर्जुनचौपारी गाउँपालिका-१ मझपाटा निवासी ६३ वर्षीय ईन्द्र बहदुर क्षेत्रीले बिहिवार विहान करिब १० बजे पड्काएको एक नाले भरुवा बन्दुकको छर्राले लागि गोरेटो बाटोमा हिँडीरहेका सोहि स्थानका पैदल यात्री ४५ वर्षीय भिम बहादुर गोदार घाइते भएका छन् ।

घाइते गोदारको पेटमा छर्रा लागेको र उपचारको लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

Advertisements

निज ईन्द्र बहादुर क्षेत्री र भरूवा बन्दुकलाई कानून बमोजिम नियन्त्रण एवं बरामद गरी ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजना मुद्धामा मुद्धा दर्ता गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस : स्याङ्जामा अवैध नाले भरुवा बन्दुक सहित एकजना पक्राउ

Latest News