आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • भीरकोटमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
स्याङ्जा सेरोफेरो

भीरकोटमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • स्याङ्जा सेरोफेरो आइतवार, भदौ २१, २०७७ | September 6, 2020

प्रकाश अर्याल, भीरकोट :

स्याङ्जामा क्रियटिभ युथ क्लब भीरकोटको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । भीरकोट वडा नम्बर ५ का स्थानीय ६ टिमको विचमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो ।

मानव जिवनमा सबैभन्दा सिर्जनशिल, गतिशील, सिक्न चाहने र गर्न सक्ने समय युवा अवस्था नै हो भन्ने भनाइलाइ आत्मसात गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका सभापती श्री संगम थापा हुनुहुन्थ्यो भने कार्यक्रम संचालक श्री दिनेश अर्यालले गर्नुभएको थियो ।

स्वागत मन्तब्य दिदैँ श्री प्रकाश अर्यालले यस्तो विषम परिस्थितिमा बालबालिकाको पढ्ने बानीको बिकाश होस र किताबी ज्ञान मात्रै नभइ सामान्य ज्ञानको पनि आवश्यक पर्ने हुँदा बालबालिकाको सिर्जनशील क्षमता बिकाश गर्दै उक्त कार्यक्रम संचालन गरिएको हो भन्दै समआदरणीय बुवाआमा, दाजुभाइ, दिदीबहिनी र सम्पुर्ण विद्यार्थीलाई स्वागत गर्नुभएको थियो ।

युवाहरू परिवर्तनका सम्बाहक हुन र समाज परिवर्तनका आधार हुन भन्ने भनाइलाई प्रयोगात्मक शैलीमा उजागर गर्नुपर्छ र युवाले नै समाजको परिवर्तन गर्न सक्छन र उक्त कार्यक्रम सब्य र भब्य रुपमा सफल होस भन्दै समाजसेवी अमृत अर्यालले र सागर थापाले शुभकामना मन्तब्य दिनुभएको थियो । साथै कार्यक्रममा समाजका समाजसेवी , लब्ध प्रतिष्ठित ब्याक्तीत्वहरुको पनि उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रममा सृष्टि थापा, बिमल अर्याल, परि थापा, सभ्यता तिवारीले प्रथम स्थान हाँसिल गरे । सम्पुर्ण सहभागी भाइबहिनीहरुलाइ बधाई र उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै संगम थापाले कार्यक्रमको समापन गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु