बुधबार, अशोज ७, २०७७ | Wednesday 23rd September 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा वालिङका गुरुङ पक्राउ
स्याङ्जा सेरोफेरो

प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा वालिङका गुरुङ पक्राउ

  • स्याङ्जा सेरोफेरो आइतवार, भदौ २१, २०७७ | September 6, 2020

भाद्र २१, स्याङ्जा सेरोफेरो :

प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । वालिङ नगरपालिका वडा नम्बर ८ स्थित वालिङमोडमा खटिएका प्रहरी कर्मचारीलाई
तथानामका गालीगलौज तथा हातपात गरेको अभियोगमा २७ वर्षीय प्रतिक गुरूङलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार डियुटीमा खटिएका प्रहरी कर्मचारीको बर्दी (चुस्ता) समेत च्याती दिएको आरोपमा वडा नं ६ घर भएका गुरुङलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

गुरूङलाई पक्राउ गरी “सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरूद्धको कसूर अन्तर्गत अभद्र व्यवहार” मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी आज जिल्ला प्रशासन कार्यालय स्याङजाबाट १५ दिनको म्याद थप लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उहाले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु