बुधबार, अशोज ७, २०७७ | Wednesday 23rd September 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • कर्मचारीमा कोरोना पुष्टी भएपछी स्याङ्जाका मालपोत कार्यलयका सेवाप्रवाह स्थगित
स्याङ्जा सेरोफेरो

कर्मचारीमा कोरोना पुष्टी भएपछी स्याङ्जाका मालपोत कार्यलयका सेवाप्रवाह स्थगित

  • स्याङ्जा सेरोफेरो आइतवार, भदौ २१, २०७७ | September 6, 2020
मालपोत कार्यालय स्याङ्जा ।

२१ भदौ, स्याङ्जा सेरोफेरो :

आइतवार पुतलीबजारका २२ जना कोरोना संक्रमित मध्य एक जना मालपोत कार्यलयमा कार्यरत कर्मचारी रहेको पुष्टी भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए लगतै विभागले स्याङ्जा र वालिङका दुइ वटै मालपोत कार्यलयका सेवाप्रवाह स्थगित गरेको छ ।

एक सातादेखि अस्पतालमा उपचाररत उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमण देखिएका व्याक्तिसगँ काम गर्ने अर्का कर्मचारी शुक्रवार वालिङ मालपोत कार्यालयमा कम्पुयटर सम्वन्धी काम गर्न आएका हुँदा कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा वालिङमा कार्यरत कर्मचारीहरु पनि परेका कारण वालिङको मालपोत समेत बन्द गरिएको वालिङ नगर स्वास्थ्य प्रमुख कमल पाण्डेले बताउनुभयो ।

अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट उपलब्ध गराइने सेवाप्रवाह स्थगित गरिएको हो । भूसेवाका काम भने नरोक्न स्थानीय पालिकालाई आग्रह गर्दै कार्यालय संचालन हुने बित्तिकै यी काम प्राथमिकतामा राख्ने बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु