बुधबार, अशोज ७, २०७७ | Wednesday 23rd September 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • बिहिवार स्याङ्जामा १२ जना कोरोना संक्रमित थपिए
स्वास्थ्य

बिहिवार स्याङ्जामा १२ जना कोरोना संक्रमित थपिए

  • स्याङ्जा सेरोफेरो बिहिबार, भदौ २५, २०७७ | September 10, 2020

भाद्र २५, स्याङ्जा सेरोफेरो :

स्याङ्जा जिल्लामा १२ जना कोरोना संक्रमित थपिएका छन् । कन्ट्रयाक्ट ट्रेसिंगका क्रममा उनीहरुमा कोरोना संङ्क्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित पुतलीबजार नगरपालिकाका ५५, ३८, ३६, ३१, २५, ४१, ५२ वर्षीय पुरुष र २७, ३३, ५३, ६०, २३ वर्षीय महिला रहेका छन् ।

मालपोत कार्यालय स्याङजाका चार जना कर्मचारी, पुतलीबजार नगरपालिकाका एक जना वडा सचिव तथा छ जना जुवाडेका सम्पर्कमा आएकाहरुमा कोरोना सङक्रमण पुष्टी भएको हो । एक जना भने बिदेशबाट आई क्वारेन्टीनमा बसेका व्यक्ति भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो ।

 

फेसबुक प्रतिक्रियाहरु