बुधबार, अशोज ७, २०७७ | Wednesday 23rd September 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • गल्याङ नगरपालिका ५ मोहनडाँडामा स्वास्थ्य चौकी भवनको शिलान्यास
स्याङ्जा सेरोफेरो

गल्याङ नगरपालिका ५ मोहनडाँडामा स्वास्थ्य चौकी भवनको शिलान्यास

  • स्याङ्जा सेरोफेरो बिहिबार, भदौ २५, २०७७ | September 10, 2020

२५ भाद्र, गल्याङ :

स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ मोहनडाँडामा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले स्वास्थ्यचौकी भवनको शिलान्यास गर्नुभएको हो ।

सोही स्थानमा डुम्रिचौर कृषि उपज केन्द्र तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रको पनि नगरप्रमुख अधिकारीले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा नगरप्रमुख अधिकारीले दुर्गम क्षेत्रका जनताको जीवन स्तर उकास्न आफु क्रियाशिल रहेको बताउनुभयो ।

उहाँले ग्रामिण भाग धेरै भएको नगरपालिका भएकाले विकासका कुरामा केही समस्या भएको भन्दै छोटो समयमा पनि नगरपालिकाबाट विभिन्न कामहरु भएको बताउनुभयो ।  सो क्षेत्रमा सडकको स्तर उन्नती गरी कृषि उत्पादनको सहज बजारिकरणमा आफु लागिरहेको भन्दै नगरप्रमुख अधिकारीले कृषि उत्पादनमा क्रियाशिल रहन आग्रह गर्नुभयो ।

उहाँले उत्पादित कृषि उपजको विक्री वितरणको ग्यारेण्टी सरकारले दिने बताउनुभयो । वडा कार्यालय स्थापनाका लागि स्थान छनौट गर्न आग्रह गर्दै नगरप्रमुख अधिकारीले स्थान निश्चित भएपछि बजेटको व्यवस्था गर्ने प्रतिबद्वता जनाउनुभयो । कार्यक्रममा वडा नम्बर पाँचका अध्यक्ष विष्णुबहादुर क्षेत्रीले विकट क्षेत्र भएको वडा भएकाले सबैलाई सुगम स्थान छनौट गर्न कठिन भएको बताउनुभयो ।

उहाँले विभिन्न कार्यालयहरुको छनौट गर्ने क्रममा सबै ठाउँमा मिलाएर सकेसम्म धेरैको पायक पर्नेगरी कार्यालयहरु राख्न आफु क्रियाशिल रहेको बताउनुभयो ।

वडा नम्बर चारका अध्यक्ष नेत्रप्रसाद पाण्डेले भौगोलिक विकटता भएपनि विकासका कुराहरुलाई ग्रामिण क्षेत्रका लागि जोड दिइएको भन्दै आवश्यकता अनुसारको माग गर्न आग्रह गर्नुभयो ।  कार्यक्रमको सञ्चालन वडा नम्बर पाँचका वडा सचिव गंगाराम बस्यालले गर्नुभएको थियो ।

 

 

फेसबुक प्रतिक्रियाहरु