बुधबार, अशोज ७, २०७७ | Wednesday 23rd September 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना पुष्टि
स्वास्थ्य

गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना पुष्टि

  • चन्दन केसी शनिबार, भदौ २७, २०७७ | September 12, 2020

२७ भाद्र, स्याङ्जा सेरोफेरो :

गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना पुष्टि भएको छ । शनिबार बिहान क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ४५ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमा नवलपरासी पूर्वका ३४, कास्कीका १० र गोरखाका एक जना रहेका छ । पूर्वी नवलपरासी देवचुलि नगरपालिकामा २ जना बालिका र ६ जना नगरपालिका कर्मचारी सहितमा संक्रमण पुष्टि भएको हो ।

वैदेशिक रोजगारबाट फर्केका दुई जनामा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान गरी स्वाब संकलनको तयारी गरिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ८ सय ६५ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु