बुधबार, अशोज ७, २०७७ | Wednesday 23rd September 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • प्रदेश
  • पोखरामा दाहसंस्कारपछि मात्रै कोरोना पुष्टि
प्रदेश

पोखरामा दाहसंस्कारपछि मात्रै कोरोना पुष्टि

  • स्याङ्जा सेरोफेरो शनिबार, भदौ २७, २०७७ | September 12, 2020

२७ भाद्र, पोखरा :

पोखराको फिस्टेल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी महिलाको दाहसंस्कारपछि मात्रै कोरोना संक्रमण भएको पुष्टि भएको छ । शुक्रबार मृत्यु भएकी ४५ वर्षीय महिलाको शनिबार मात्रै पीसीआर रिपोर्ट पोजेटिभ आएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घर भइ हाल पोखरा–५ निवासी ४५ वर्षीया ती महिलाको भदौ २६ गते राति १ः१५ बजे मृत्यु भएको थियो । उनको अन्त्येष्टिमा मलामी गएका झण्डै २०० व्यक्ति क्वारेन्टीनमा बस्नुपर्ने भएको छ ।

रक्त क्यान्सरबाट पीडित ती महिलालाई ३ दिनदेखि अस्पतालको आईसीयूमा राखेर उपचार हुँदै आएकोमा शुक्रवार मृत्यु भएपछि अस्पतालले कोरोना रिपोर्ट नआउँदै आफन्तलाई शव बुझाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु