बुधबार, अशोज ७, २०७७ | Wednesday 23rd September 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • भीरकोटमा “बयरघारी ब्याडमिन्टन क्लब” गठन
स्याङ्जा सेरोफेरो

भीरकोटमा “बयरघारी ब्याडमिन्टन क्लब” गठन

  • स्याङ्जा सेरोफेरो आइतवार, भदौ २८, २०७७ | September 13, 2020

स्याङ्जा : ब्याडमिन्टन खेलाडी एवं समाजसेवी ढाकाराम खनालको अध्यक्षतामा “बयरघारी ब्याडमिन्टन क्लब” गठन भएको छ l क्लब गठन गर्ने उदेश्यले आयोजना गरिएको उक्त भेला कार्यक्रममा भीरकोटवासी ब्याडमिन्टन खेल प्रेमी युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो l

कार्यक्रममा क्लबका नवनिर्वाचित अध्यक्ष खनालले ब्याडमिन्टन क्लबको आवस्यकता र यसको महत्व बारे प्रकाश पर्नुभएको थियो l अध्यक्ष खनालले भीरकोट नगर क्षेत्र भित्र छरिएर रहेका ब्याडमिन्टन खेलाडीहरुलाई एउटै मन्चमा गोलबन्द गरि भविस्यमा क्लब मार्फत सामाजिक, धार्मिक, सांस्कृतिक, खेलकुद तथा मनोरन्जन लगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो l

क्लबका सल्लाहकार समेत रहनुभएका भीरकोट उद्योग वाणिज्य संघका महासचिब नुवदत्त अर्यालले यस क्लबको गठनले सयुक्त भीरकोटका ब्याडमिन्टन खेलाडीहरुको भविस्य उज्यालो बनाउने धारणा ब्यक्त गर्दै शुभकामना दिनुभएको थियो l साथै पब्लिक आवाज साप्ताहिकका सम्पादक एवं पत्रकार अमृत अर्याललले सभ्य ढंगले खेल खेली खेललाई निरन्तरता दिन सकेमा जिल्ला तथा राष्ट्रिय स्तरका खेलाडी यहीं भीरकोटमा उत्पादन हुन सक्ने कुरामा जोड दिनुभयो l

कार्यक्रमको उत्तरार्धमा बोल्दै पुर्व ब्याडमिन्टन खेलाडी एवं बयरघारी ब्याडमिन्टन क्लबका संरक्षक रामकृष्ण अर्यालले खेलाडीहरुले पालना गर्नुपर्ने खेल सम्बन्धी निर्देशन दिदै शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो l कार्यक्रमको संचालन क्लबका नवनिर्वाचित सदस्य एवं ब्याडमिन्टन खेलाडी कमल रेग्मीले गर्नुभएको थियो l

फेसबुक प्रतिक्रियाहरु