बुधबार, अशोज ७, २०७७ | Wednesday 23rd September 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • स्याङ्जामा थप १३ जनामा कोरोना पुष्टि
स्याङ्जा सेरोफेरो

स्याङ्जामा थप १३ जनामा कोरोना पुष्टि

  • स्याङ्जा सेरोफेरो मङ्लबार, भदौ ३०, २०७७ | September 15, 2020

भाद्र ३०, स्याङ्जा सेरोफेरो :

स्याङ्जामा थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पुतलीबजारका ८ जना, वालिङका २ जना, आँधीखोला गाउँपालिकाका २ जना र गल्याङ नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमित पुतलीबजार नगरपालिकाका ४५, ४५, १५, १२ र ४६ वर्षीया महिला र २८, ८, ५३ वर्षीय पुरुष, वालिङ नगरपालिकाका २१ र २४ वर्षीय पुरुष, आँधीखोला गाँउपालिकाका २६ र ४४ वर्षीय पुरुष र गल्याङ नगरपालिकाका ३३ वर्षीय पुरुष हुन् ।

संकमित सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारि भैरहेको छ । यो संगै स्याङ्जामा संक्रमितको संख्या ३ सय ७५ पुगेको छ भने ३ सय ८ जना निको भएर घर फर्केका छन । स्याङ्जामा ३ संक्रमितको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु