बुधबार, कार्तिक ५, २०७७ | Wednesday 21st October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • भीरकोटका युवाहरुको गरे पर्यटकीय स्थल स्वरेक मैदानको सरसफाई
स्याङ्जा सेरोफेरो

भीरकोटका युवाहरुको गरे पर्यटकीय स्थल स्वरेक मैदानको सरसफाई

  • स्याङ्जा सेरोफेरो बिहिबार, अशोज ८, २०७७ | September 24, 2020

कमल रेग्मी, भीरकोट :

युवा एकता-भविस्यको प्रतिरक्षालाई मुल नारा बनाइ सामाजिक कार्यमा निरन्तर लागि पर्ने भिरकोट युवा आवाज भिरकोट नगरपालिकाको परिधी भित्र रहेका सम्पुर्ण समाजसेवि, बुद्धिजीवी र परिबर्तन का सम्बाहक पुस्परुपि युवा जमात को एक समूह हो । यिनै युवाको टोलिले भिरकोट-५ स्वरेकमा अवस्थित देशकै अब्बल एवं उत्कृस्ट पर्यटकिय तथा रमणिय स्थल स्वरेक मैदानको सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा स्थानिय महिला, बृद्धबृद्धा, शिक्षक, समाजसेबी, विद्यार्थी, मैदान बिकास समितिका प्रतिनिधि साथसाथै वडा प्रतिनिधिको पनि सहभागी रहेको थियो ।भौतिक दुरी कायम गराई स्वास्थ्य सुरक्षा मापदण्डको प्रयोग गरि गराई करिब ४० जनाको उपस्थिती रहेको उक्त कार्यक्रमको औपचारिक सन्चालन भिरकोट युवा आवाजका सचिब सरोज अधिकारीले गर्नुभएको थियो। उहाँले सामाजिक कार्यमा यस क्लबले समय संगसङ्गै आफ्नो कार्यक्षेत्र फैलाउदै लाने कुरा विस्वस्त पार्नुभयो ।

यस कार्यक्रममा स्वागत तथा शुभकामना मन्तब्य दिदै युवा आवाजका संस्थापक अध्यक्ष कृष्ण अर्यालले यस्ता खालका सम्पूर्ण कार्यहरुमा स्थानियको जरुरत हुने हुनाले त्यहाँ उपस्थित सम्पुर्णलाई धन्यबाद दिदै आगामी कार्यक्रममा पनि सबैसँग हातमा हात मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।

यसै गरि आज सम्पन्न उक्त कार्यक्रमको सम्पूर्ण यथार्थ प्रतिवेदन नगरपालिकालाई बुजाइ आवश्यक डस्ट्बिनको प्रवन्ध मिलाउन साथ साथै नियम भङ्ग गरि फोहोर गर्ने, अन्यैतिक गतिबिधिमा संग्लग्न हुनेलाई दण्ड, जरिवानाको प्रबन्ध मिलाउन अनुरोध गर्ने कुरा यसै अभियानका संयोजक तथा उक्त क्लबका कार्यसमिति अध्यक्ष सुनिल अर्यालले गर्नुभयो ।

मैदान हिजोको दिनमा जे जस्तो रहे पनि अब यस्को बिकासका लागि डिपिआर रुपि रेल लिकमा चडिसकेको र अब रेल तिब्र गतिमा अघि बढ्ने कुरामा कुनै सन्देह नरहेको जनाउदै सम्पुर्ण मैदानको चौर भरी तारबार गरि निगरानीको लागि स्थानियलाई राखेर रोजगार समेत प्रदान गर्ने कुरा लक्षित रहेको कुरा यस कार्यक्रम का प्रमुख अतिथी एवं भीरकोट नगरपालिका वडा नं ५ का अध्यक्ष याम प्रसाद अधिकारीले प्रस्ट पार्नुभयो ।

स्थानिय मैदान वासी जना समुदायले पनि कार्यक्रम एकदम उत्साहजनक भएको र अबको दिनमा आफ्नो ठाउँ आफै राम्रो बनाउने कुरामा कत्ती पनि बिचलित नहुने कुरा जनाउनु भएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु