बुधबार, कार्तिक ५, २०७७ | Wednesday 21st October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • राजनीति
  • सिद्धार्थ राजमार्ग विस्तारबारे स्याङ्जा जिल्लाका जनप्रतिनिधिहरुसँग छलफल
राजनीति

सिद्धार्थ राजमार्ग विस्तारबारे स्याङ्जा जिल्लाका जनप्रतिनिधिहरुसँग छलफल

  • स्याङ्जा सेरोफेरो सोमवार, अशोज १२, २०७७ | September 28, 2020

स्याङ्जा सेरोफेरो, १२ असोज :

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सिद्धार्थ राजमार्गको स्तरोन्नति तथा विस्तारका सम्बन्धमा स्याङ्जा जिल्लाका जनप्रतिनिधिहरुसँग छलफल गरेकी छिन् ।

सो राजमार्ग विस्तारका सम्बन्धमा देखिएका समस्याबारे मन्त्री अर्यालले जिल्लाका जनप्रतिनिधिसँग आज मन्त्रालयमा छलफल गरेकी हुन् ।

उचित जनगुनासा तथा राजमार्गका कारण जनताले पटक पटक बेहोर्नुपरेको क्षति सम्बोधन गर्नुपर्ने मन्त्री अर्यालले सो छलफलमा बताइन् ।

‘सिद्धार्थ राजमार्ग अत्यन्तै महत्वपूर्ण छ, यससँग विकासका कुराहरु जोडिएका छन्,’ मन्त्री अर्यालले भनिन्, ‘ सडक विस्तारका क्रममा जनताले असजिलो भोग्नुपरेका गुनासा पनि आइरहेका छन् । पटक-पटक जनता मर्कामा पर्ने कुरालाई पनि सम्बोधन गर्दै राजमार्गको विस्तार कार्य सम्पन्न गर्नुपर्छ ।’

सडक विभागका महानिर्देशक केशव शर्माले कतिपय विषयमा स्थानीय तहले पनि आफ्नो योजना बनाएर काम गर्नसक्ने बताए । पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्रीले सिद्धार्थ राजमार्गका जनताले सबैभन्दा छिटो समाधान खोजेको बताइन ।

फेसबुक प्रतिक्रियाहरु