बुधबार, कार्तिक ५, २०७७ | Wednesday 21st October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • वालिङमा रेविजबिरुद्धको साताब्यापी कार्यक्रम शुरु : घरपालुवा कुकुरलाई खोप लगाउन आग्रह
स्याङ्जा सेरोफेरो

वालिङमा रेविजबिरुद्धको साताब्यापी कार्यक्रम शुरु : घरपालुवा कुकुरलाई खोप लगाउन आग्रह

  • स्याङ्जा सेरोफेरो सोमवार, अशोज १२, २०७७ | September 28, 2020

स्याङ्जा सेरोफेरो, वालिङ :

आज विश्व रेबिज विरुद्धको दिवस : ‘रेबिज अन्त्य गरौं सहकार्य गरौं, खोप लगाऔं’ भन्ने नाराका साथ स्याङ्जाको वालिङमा पनि मनाइएको छ । वालिङ नगरपालिका पशु सेवा शाखाको आयोजना र लियो क्लब अफ वालिङको सहयोगमा साताब्यापी कार्यक्रम शुरु भएको हो ।

रेबिज सङ्क्रमित जनावरले टोक्दा र्‍यालबाट मानिसको शरीरभित्र भाइरस प्रवेश गर्ने गर्छ । ज्वरो आउने, घाउ भएको ठाउँमा दुख्ने, झम्झमाउने, घोचे, पोले जस्तो हुने, भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायुहरु सुनिने, पानी देखि डराउने लगायतका लक्षण देखिन्छ ।

रेबिज रोगबाट बच्ने उपायबारे सचेतना फैलाउने उद्देश्यले दिवस मनाउने गरिन्छ ।

घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन, कुकुर लगायतका जनावरले टोकेमा साबुनपानीले धुन र स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिजविरुद्धको खोप लगाउन पनि वालिङ नगरपालिका पशु सेवा शाखाले अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु