बुधबार, कार्तिक ५, २०७७ | Wednesday 21st October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • वालिङमा माटोको ढिस्कोले पुर्दा एक जनाको मृत्यु, दुई जना घाइते
स्याङ्जा सेरोफेरो

वालिङमा माटोको ढिस्कोले पुर्दा एक जनाको मृत्यु, दुई जना घाइते

  • स्याङ्जा सेरोफेरो मङ्लबार, अशोज १३, २०७७ | September 29, 2020

स्याङ्जा सेरोफेरो, वालिङ :

स्याङ्जाको वालिङमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यू भएको छ भने दुइ जना घाइते भएका छन् । वालिङ नगरपालिका वडा नम्बर ११ पेखु स्थित पनेरगैह्रामा गिट्टी निकाल्ने क्रममा ३९ वर्षीय दुर्गा थापाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

प्रहरीका अनुसार ३ जना पुरिएका थिए । पुरिएर घाइते भएका मध्य ३५ वर्षीय मुना थापा र ३१ वर्षीय नारायणी सिंजालीको ग्रहौं प्राथमिक अस्पतालमा उपचार भैरहेको छ । मुनाको खुट्टा भाचिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु