बुधबार, कार्तिक ५, २०७७ | Wednesday 21st October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • गल्याङका दुग्ध संकलन केन्द्रमा नै पुगेर पशुहरुको स्वास्थ्य परिक्षण
स्याङ्जा सेरोफेरो

गल्याङका दुग्ध संकलन केन्द्रमा नै पुगेर पशुहरुको स्वास्थ्य परिक्षण

  • स्याङ्जा सेरोफेरो मङ्लबार, अशोज १३, २०७७ | September 29, 2020

स्याङ्जा सेरोफेरो, गल्याङ :

स्याङ्जाको गल्याङ नगरपालिकाले दुग्ध संकलन केन्द्रमा नै पुगेर पशुहरुको परिक्षण गरेको छ । गल्याङ नगरपालिका पशु सेवा शाखाको समन्वयमा दुग्ध संकलन केन्द्रमा पुगेर किसानले पालिरहेका पशुहरुको परिक्षण गरिएको हो ।

विभिन्न १६ वटा दुग्ध संकलन केन्द्रमा पशुहरुको परिक्षण गर्ने क्रममा गल्याङ नगरपालिका वडा नम्बर ११ दिमिकमा मंगलबार पशुहरुको परिक्षण गरिएको छ । किसानलाई प्राविधिक परामर्श सहित पशुको गोबर तथा अन्य समस्याहरुको बारेमा सम्बन्धित ठाउँमा नै पुगेर परिक्षण गरिएको पशु शाखा प्रमुख सुशिल अर्यालले जानकारी दिनुभयो ।

दिमिक दुग्ध संकलन केन्द्रमा एक सय भन्दा बढि किसानका दुई सय भन्दा बढि पशुको परिक्षण गरिएको पशु शाखा प्रमुख अर्यालले जानकारी दिनुभयो ।

अन्य दुग्ध संकलन केन्द्रमा पनि नियमित रुपमा पशुहरुको परिक्षणको काम जारी रहने उहाँले बताउनुभयो ।

गल्याङ नगरपालिकाका पशु चिकित्सक डाक्टर अनिस सापकोटा, पशु प्राविधिकहरु डिल्लीराम अर्याल, शिब सुबेदी सहितका कर्मचारीहरु परिक्षणका क्रममा सहभागी हुनुभएको थियो ।

दुध उत्पादनमा उत्साहित ढंगले लागेका किसानहरुलाई थप सहयोग गरी अझै हौसला प्रदान गर्नका लागि टोलमा नै पुगेर पशुको उपचारमा संलग्न भएको उहाँको भनाई छ ।

गल्याङ नगरपालिकामा दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान दिएपछि किसानहरु दुध उत्पादनमा सक्रिय बन्न थालेका छन् । साथै व्यवसायिक ढंगले पशुपालन गर्नेहरु पनि बढेका छन् । तीन वर्ष अगाडि दुध तथा दुधजन्य पदार्ध आयात गर्नुपर्ने गल्याङमा हाल आन्तरिक खपत पुरा गरी दैनिक करिब तीन हजार लिटर दुध बाहिरी बजारमा पठाइने गरिएको नगरपालिकाले जनाएको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु