बुधबार, कार्तिक ५, २०७७ | Wednesday 21st October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • स्याङ्जामा थप एक कोरोना संक्रमितको मृत्यु
स्वास्थ्य

स्याङ्जामा थप एक कोरोना संक्रमितको मृत्यु

  • स्याङ्जा सेरोफेरो मङ्लबार, अशोज १३, २०७७ | September 29, 2020
सांकेतिक तस्बिर

स्याङ्जा सेरोफेरो, वालिङ :

स्याङ्जामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनको आइसोलेसनमा उपचारार्थ रहदै गर्दा मृत्यु भएको हो ।

मृत्यु हुनेमा वालिङ नगरपालिका ४ एलादीका ४३ वर्षीय एक पुरुष रहेको वालिङ नगर स्वास्थ्य शाखाका प्रमुख कमल प्रसाद पाण्डेले बताउनुभयो ।

असोज ५ गते भारतबाट आएका उनमा ७ गते कोरोना संक्रमण देखिएको थियो । उनको दुवै मृगौला फेल भएको र क्यान्सरका रोगी समेत थिए ।

उनको एलादीमा रहेको सुन्तलावारी होमस्टे सामुदायिक भवनमा राखेर उपचार भैरहदा मृत्यु भएको हो ।

फेसबुक प्रतिक्रियाहरु