बुधबार, कार्तिक ५, २०७७ | Wednesday 21st October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • राजनीति
  • मन, वचन र कर्मका साथ काम गर्न कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन
राजनीति

मन, वचन र कर्मका साथ काम गर्न कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन

  • स्याङ्जा सेरोफेरो शुक्रबार, अशोज १६, २०७७ | October 2, 2020

कला राना, स्याङ्जा ।

भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले कर्मचारीलाई मन, वचन र कर्मले काम गर्न निर्देशन दिनुभएको छ । शुक्रबार स्याङ्जामा कर्मचारीहरुसंग भेटघाट गर्दै मन्त्री अर्यालले निति सरकारले बनाउने र सोही अनुसार काम गर्न निर्देशन दिनुभएको हो । कोरोनाको क्रासमा पनि जनताको सेवामा खटिनुभएका कर्मचारीलाई धन्यवाद दिँदै भन्नुभयो, ‘जनताको सेवामा खटिनुस, कर्मचारीको उचित मुल्यांकन सरकारले गर्छ । प्रविधिको उच्चतम प्रयोग गर्दै सेवालाई प्रविधिमय बनाउनु अहिलेको आवश्यकता हो ।’

साथै मन्त्री अर्यालले अव हरेक पालिकामा आईशोलेसनको व्यवस्था गर्नुपर्ने र होम क्वारेन्टिन नै सुरक्षित हुने भन्दै कोरोना संक्रमणलाई फैलिन नदिँन हरेक नागरिक सचेत हुनुपर्ने बबताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोनासंग जुध्दै हामी अगाडि बढ्नुपर्छ । विद्यार्थीको सिकाईलाई सहजीकरण गर्न प्रविधिको प्रयोगलाई बढाऔँ ।’ दशैँ तिहार पछाडि सरकारले निति बनाएर पठनपाठन शुरु गर्ने भन्दै उहाँले भन्नुभयो, ‘आफ्ना बालबालिकालाई सिकाई क्रियाकलापमा सक्रिय बनाउन आफ्ना अभिभावकले पनि सहयोग गर्नुपर्छ । सरकारले उचित निति बनाएर पठनपाठन सुचारु गर्छ ।’

स्याङ्जा सबै हिसाबले अगाडि रहेको भन्दै उहाँले भन्नुभयो, ‘स्याङ्जा विकासका हिसाबले समेत अगाडि छ । यहाँका कर्मचारी सफल छन् । स्याङ्जाली निजामति क्षेत्रमा समेत अग्र भुमिकामा रहेको भन्दै स्याङ्जालाई नमुना जिल्ला बनाउनुपर्छ ।’

 

फेसबुक प्रतिक्रियाहरु