बुधबार, कार्तिक ५, २०७७ | Wednesday 21st October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • वालिङ तमादी पहिरो पिडितलाई १० लाख राहत प्रदान
स्याङ्जा सेरोफेरो

वालिङ तमादी पहिरो पिडितलाई १० लाख राहत प्रदान

  • स्याङ्जा सेरोफेरो शुक्रबार, अशोज १६, २०७७ | October 2, 2020

कला राना, स्याङ्जा ।

वालिङ नगरपालिका १४ मा एकैपरिवारका ९ जना गुमाएका परिवारलाई १० लाख २० हजार प्रदान गरिएको छ । भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले तमादीमै पुगेर उक्त रकम प्रदान गर्नुभएको हो ।

शुक्रबार तमादीमा गरिएको राहत वितरण तथा श्रद्धान्जली कार्यक्रममा मन्त्री अर्यालले संघिय सरकारबाट प्राप्त ७ लाख, भुमि व्यवस्था, सहकारी मन्त्रालयबाट ३ लाख गरी १० लाख प्रदान गर्नुभएको हो ।

यही अशोज ८ गते घर माथिबाट आएको पहिरोमा पुरिएर माया नेपालीको ८ जना परिवार र बहिनी उमाकला गरी ९ जनाको मृत्यु भएको थियो । श्रद्धान्जली कार्यक्रममा मन्त्री अर्यालले मृत आत्माको चिर शान्तीको कामना गर्दै परिवारजनप्रति समवेदान व्यक्त गर्नुभयो । साथै मन्त्री अर्यालले प्राकृतिक विपद अन्धो र अविवेकी हुँने भन्दै क्रियामा बस्नुभएको भोजराजलाई धैर्य गर्न अनुरोध गर्नुभयो ।

भारतमा रहनुभएका भोजराज अहिले क्रियामा बसिरहनुभएको छ । भोजराज र पहिरोमा उद्धार गरिएकी छोरी मनिषाले आफ्ना अभिभावक गुमाउनुपरेको पिडा आँफूले महशुस गरेको भन्दै मन्त्री अर्यालले सरकार उहाँहरुको अभिभवक रहेको बताउनुभयो । ‘स्व. माया नेपालीको कान्छी छोरी मनिषाको शिक्षाका लागी हामी व्यवस्था गछौँ, धैर्य गर्नुस हामी हजूरहरुको अभिभाव हामी हौँ ।’

पहिरो पिडित भोजराजको बस्ने घर नै नभएपछि अहिले नजिकैको विद्यालयमा काजक्रियामा रहनुभएको  छ । पिडितको घर सरकारले बनाइँदिने भन्दै मन्त्री अर्यालले भन्नुभयो, ‘पहिरो पिडित र विस्थापित परिवारको आवास निर्माणका लागी सरकारले व्यवस्था गर्नेछ । प्राकृतिको अगाडि कसैको केहि लाग्दो रहेनछ ।’

माया नेपालीको परिवारलाई संघिय सरकारको ५ लाख, भुमि व्यवस्था, सहकारी मन्त्रालयको पहलमा ३ लाख गरी भोजराजको परिवारलाई ८ लाख र मायाकी बहिनी उमाकला नेपालीको परिवारलाई २ लाख प्रदान गरिएको हो । यही अशोज ८ गतेको पहिरोले माया सहित घरमा पाहुना आएकी बहिनी उमाकला, मायाकी दिदि छोराहरु, बुहारी, नाती गरी ९ जनाको निधन भएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु