बुधबार, कार्तिक ५, २०७७ | Wednesday 21st October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • जगतपुर, बाहखोला, केघा सडक खण्डमा गुड्न थाले सवारीसाधन
स्याङ्जा सेरोफेरो

जगतपुर, बाहखोला, केघा सडक खण्डमा गुड्न थाले सवारीसाधन

  • स्याङ्जा सेरोफेरो आइतवार, अशोज १८, २०७७ | October 4, 2020

राजिभ ठकुरी, भिरकोट :

स्याङ्जा स्थित भिरकोट नगरपालिका वडा नम्बर १, २ र ३ हुदै बिरुवा जोड्ने ग्रमिण सड्क अन्तर्गत पर्ने जगतपुर, बाहखोला, केघा सडक खण्ड स्थरउन्नति योजना सम्पन्न भएर सवारीसाधन चल्न थालेका छन ।
सडकमा सवारीसाधन गुडन थाले पछि स्थानिय हरु लाभान्वितका साथै हर्षित भएका छन् । यसरी यस सडक खण्ड निर्माणमा संघीय संसद माननिय नारायण मरासिनि द्वारा संसद बिकास कोष मार्फत र भिरकोट नगरपालिकाको सहयोग बाट यस सडकखण्ड समपन्न भएको हो ।
उक्त सडकलाइ अझै टिकाउ र मज्बुत बनाउनका लागि भिरकोट नगरपालिका, बाहखोला आमा समुह र श्री प्रगतिशील युवा क्ल्बको सहयोगमा सडकमा गिट्टि बिछाउने काम पुर्ण रुपमा सम्मपन्न भएको छ ।
अहिले स्थानिय युवा तथा समाजसेवि मिलेर नाला खन्ने भल कट्ने कामहरु भैरहेको छ भने स्थानियले यसरि काम गरेकोले बैदेशिक रोजगारमा रहनुभएका बाहखोलाका युवाहरुले अर्थिक सहयोग पनि गर्नुभएको छ ।  सहयोग रकम खाजा खर्च तथा सडक छेउछाउमा बत्ति जडान गर्ने कार्यमा खर्च गरिने छ । यस कार्यमा प्रतक्ष्य अप्रतक्ष्य रुपमा सहयोग गर्नहुने प्रति सम्पुर्णमा स्थानियहरु हार्दिक कृतज्ञता व्यक्त गरेका छ्न् ।

फेसबुक प्रतिक्रियाहरु