स्याङ्जा:सिदार्थ राजमार्ग अन्तर्गत पर्ने स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं १ दार्सिङमा सडक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ।
वालिङबाट हेलुतर्फ आइरहेको ग १ क ४३७० नंबरको बस र स्याङ्जाबाट वालिङ तर्फ गइरहेको ग १३ प २८१४ नंबरको मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो।
निधन हुनेमा बानेथोक ४ स्याङ्जा हाल भीरकोट नगरपालिका वडा नं ३ बानेथोकका ध्रुव भनिने ३१ वर्षिय गुप्त बहादुर खत्री र अर्का वालिङ रामबाच्छाका ५८ वर्षिय ढालबहादुर राना रहेका छन्
उनीहरुको शवलाई पोष्टमार्टमका लागि वालिङ स्वास्थ्य केन्द्र लैजाने तयारी भैरहेको छ।