बुधबार, कार्तिक ५, २०७७ | Wednesday 21st October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • समाचार
  • गण्डकी प्रदेशमा आइतबार बिहान थप ६२ जनामा कोरोना पुष्टि
समाचार

गण्डकी प्रदेशमा आइतबार बिहान थप ६२ जनामा कोरोना पुष्टि

  • चन्दन केसी आइतवार, अशोज २५, २०७७ | October 11, 2020

आइतबार ,असोज २५

गण्डकी:गण्डकी प्रदेशमा आइतबार बिहान थप ६२ जनामा कोरोना पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ६२ जना संक्रमितहरु थपिएका हुन् ।

नयाँ संक्रमितहरुमा बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिकाका २९ जना पुरुष र १ जना महिला गरि ३० जना नेपाल आर्मीमा, २ जना पुरुष नेपाल प्रहरीमा र १ जना पुरुष र १ जना महिला बाग्लुङ इजलासमा कार्यरत, ३६ बर्षीय पुरुष जिल्ला प्रहरी कार्यालयका थुनुवा र वार्ड नं २ का ५६ बर्षीय पुरुष स्थानीय व्यबसायी रहेका छन् । कास्की जिल्ला, पोखरा महानगरपालिका–८ का २ जना पुरुष चरक अस्पतालमा उपचाररत छन् भने वार्ड नं १५, १४, ४, २२, १, ३२, १७ का ७ जना भारतबाट आएका हुन् ।

गण्डकी प्रदेशमा अहिलेसम्म ४७५३ जना संक्रमित भएका छन् भने प्रदेशमा अहिलेसम्म कोरोनाबाट ४० जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु