भिरकोट नगरपालिकाको एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । भीरकोट नगरपालिका वडा नम्वर २ की ५२ बर्षीय महिलाको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्र मा बुधबार बिहान मृत्यु भएको निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिनुभयो ।
उनमा असोज २६ गते संक्रमण पुष्टी भएको थियो ।
मृतक हाईपोथाईरोडिजम, हाईपर टेन्सन लगायतका समस्याबाट पीडित रहेको निर्देशक आचार्यले जानकारी दिनुभयो ।