बुधबार, कार्तिक ५, २०७७ | Wednesday 21st October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • भीरकोट नगरपालिका
  • भीरकोटकी क्यान्सर पिडित अनिशा क्षेत्रीद्वारा सहयोगको अपिल
भीरकोट नगरपालिका

भीरकोटकी क्यान्सर पिडित अनिशा क्षेत्रीद्वारा सहयोगको अपिल

  • Nitesh Sharma शनिबार, कार्तिक १, २०७७ | October 17, 2020

स्याङ्जा : टि-सेल लिम्फोब्लास्टिक लिम्फोमा क्यान्सर बाट पिडित भएकी २० वर्षीय अनिशा अर्याल क्षेत्रीलाई उपचारको लागि आर्थिक सहयोग गर्न परिवारले अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै अनिशाको परिवारले सहयोगको माग गरेको हो ।

स्याङ्जाको भीरकोट-५ बस्ने शेर बहादुर अर्याल क्षेत्रीको २० वर्षीय छोरी अनिशा ६ महिनादेखि बिरामी भएको, जाँच गर्न जाँदा उनलाई टि-सेल लिम्फोब्लास्टिक लिम्फोमा क्यान्सर भएको पत्ता लागेको र उपचारका लागि आर्थिक अभाव भएकाले संघसंस्था तथा ईच्छुक व्यक्तिलाई सहयोग गर्न आग्रह गरेका छन् ।

उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको विविध परीक्षण अझै बाँकी रहेको र थप परीक्षणका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिनु हुन अनिशाले अनुरोध गरेकी छिन् ।

अनिशा भन्छिन मलाइ अस्पतालको सैयामा रहदै गर्दा एकदम नै आर्थिक समस्या रहेको छ । मेरो केहि नातागोता लगाएत मेरा बाबा का बाहिर देशमा कमाउन जानु भएका साथिहरुले आर्थिक सहयोग गर्नु भएको छ । यसरि नै मेरो उपचार चलिरहेको छ ।

अनिशालाइ सहयोग जुटाउन शेर बहादुर अर्याल (क्षेत्री) को नाममा नेपाल इन्भेस्टमेन्ट बैंकमा ०३८०५०३०२५३१७८ नम्बरको खाता खोलिएको छ । थप जानकारीको जगदीश अर्यालको मोबाइल नम्बर ९८४९५९०१४३ वा तारा प्रसाद अर्यालको मोबाइल नम्बर ९८४१०८१७८२ वा सरोज अधिकारिको मोबाइल नम्बर ९८६६४०५९१९ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु