बुधबार, कार्तिक ५, २०७७ | Wednesday 21st October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • समाचार
  • भीरकोटमा ट्राक्टर दुर्घटना हुँदा एकको मृत्यु
समाचार

भीरकोटमा ट्राक्टर दुर्घटना हुँदा एकको मृत्यु

  • स्याङ्जा सेरोफेरो शनिबार, कार्तिक १, २०७७ | October 17, 2020

१ कार्तिक, स्याङ्जा सेरोफेरो :

स्याङ्जाको भीरकोट नगरपालिका-३ साम्दीमा बिहान ग १ त ५६३७ नम्बरको ट्राक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा २० वर्षीय बिपिन जि.टी. रहेको प्रहरीले जनाएको छ । उनि सोहि स्थानका स्थानीय हुन् । ईन्जिनले च्यापिएका उनको शरिर पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको छ ।

त्यस्तै १७ वर्षीय सुनिल रिजाल घाईते भएका छन् । घाइतेलाइ उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ ।

ब्रेक फेल भएको कारण भित्तामा जोतेर बचाउन खोज्दा ट्राक्टरको अघिल्लो भाग फर्किएर दुर्घटना भएको स्थानीयले स्याङ्जा सेरोफेरोलाइ जानकारी दिए ।

 

फेसबुक प्रतिक्रियाहरु