१ कार्तिक, स्याङ्जा सेरोफेरो :
स्याङ्जाका एक १६ वर्षीय बालकले इस्लाम धर्मावलम्वीहरुको प्रवित्र धार्मिक ग्रन्थ कुरान पुरै कण्ठ गरेका छन् ।
स्याङ्जाको भीरकोट नगरपालिका-१ स्थित बयरघारी मुस्लिम समुदाय सुन्नत गौशिया मदरसामा अध्ययनरत १६ वर्षीय बालक अरवाज अलिले पुरै कुरान कण्ठ गरेका हुन् । ७ जना विद्यार्थीहरू मध्य ६ महिनाको अवधिमा उनले कुरान कण्ठ पारेका हुन् ।
इस्लाम धर्ममा कुरान कण्ठ गर्नु निकै महत्वपुर्ण मानिन्छ । यो संगै उनले मदरसाको पहिलो हाफ़िज़े कुरान बन्ने अवसर प्राप्त गरेका छन् ।
उनलाई यहा सम्म पुराउन शिक्षकहरू हाफीज अब्दुर रहिम, हाफिज शकिल रजा खान लगाएत मदरसा संचालक समिति, इदारा समिति, मुस्लिम समुदाय, करूङ बयरघारी मुस्लिम युवा क्लबको सहयोग रहेको छ ।