आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • स्याङ्जामा अवैध घरेलु मदिराविरुद्ध प्रहरी आक्रमक
स्याङ्जा सेरोफेरो

स्याङ्जामा अवैध घरेलु मदिराविरुद्ध प्रहरी आक्रमक

  • स्याङ्जा सेरोफेरो बिहिबार, कार्तिक ६, २०७७ | October 22, 2020

स्याङ्जा : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध घरेलु मदिराविरुद्धको अभियानलाई तीव्रता दिएको छ । प्रहरीले स्याङ्जाका विभिन्न ठाउँ बाट अवैध मदिरा नियन्त्रणमा लिइ नष्टसमेत गरेको छ ।

समाजमा बढ्दो घरेलु हिंसा, झै-झगडा न्यूनिकरणको लागि साथै हिन्दुहरूको महान चाडपर्वको समयमा शान्ति सुरक्षालाई मजबुद बनाउनको लागि "समुदाय-प्रहरी साझेदारी" कार्यक्रम अन्तर्गत अवैध घरेलु मदिरा नियन्त्रण कार्यक्रमलाई तिव्रता दिएको प्रहरी नायव उपरीक्षक  राजेन्द्र प्रसाद अधिकारिले जानकारी दिनुभयो ।

कात्तिक २ गते आइतबार मात्रै १०७० लिटर कच्चा घरेलु मदिरा र ६६५ लिटर घरेलु तयारी मदिरा गरी १७३५ लिटर बरामद गरि स्थानीय जनप्रतिनिधि, भद्रभलाद्यीहरुको रोहबरमा नष्ट गरेको उहाले बताउनुभयो ।

 

फेसबुक प्रतिक्रियाहरु