आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • स्याङ्जामा खयर काठसहित ट्याक्टर नियन्त्रणमा
स्याङ्जा सेरोफेरो

स्याङ्जामा खयर काठसहित ट्याक्टर नियन्त्रणमा

  • स्याङ्जा सेरोफेरो बिहिबार, कार्तिक ६, २०७७ | October 22, 2020

कार्तिक ६, स्याङ्जा सेरोफेरो :

स्याङ्जामा अवैध खयर जातको काठ बरामद गरिएको छ ।

जिल्लाको गल्याङ नगरपालिका-३ भन्ज्याङ स्थित सिद्धार्थ राजमार्गमा प्रहरी चौकी गल्याङ्बाट खटिएको प्रहरीले निबुवाखर्क बाट गुठी तर्फ जाँदै गरेको लु. ४ त. १५२० नम्बरको ट्याक्टरमा चेकजाच गर्ने क्रममा अवैध खयरको काठ बरामद गरिएको हो ।

खयर जातको अबैध काठ गोलाई २४५ थान फेला पारेको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले गल्याङ नगरपालिका- २ बस्ने २५ वर्षीय चालक दिलिप राना, ट्याक्टर र अवैध काठ सहित बुधबार सव - डिभिजन वन कार्यालय गल्याङ स्याङजामा बुझाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु