आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • पुतलीबजारको लगानीमा बाडखोला गैरीखेत सडक खण्ड पिच
स्याङ्जा सेरोफेरो

पुतलीबजारको लगानीमा बाडखोला गैरीखेत सडक खण्ड पिच

  • स्याङ्जा सेरोफेरो सोमवार, कार्तिक १०, २०७७ | October 26, 2020

रोशन लामिछाने, स्याङ्जा :

पुतलीबजार नगरपालिकाको कार्यालयले आफ्नै लगानीमा बाडखोला नयाँबजार सडक मर्मतकार्य अन्तरगत करिब ३ सय मिटर पिच गरेको छ । पुतलीबजार नगरपालिकाले करिब ६४ लाखको लागतमा करिब ३ सय मिटर गैरीखेतमा पिच गरेको हो ।

गैरीखेतकी स्थानीय जमुना हमालले सडक र्ममत तथा पिचको कार्यले टोलमा विकास आएको अनुभुती भएको बताएकी छन् । उनीले सडकको पिचले पानी आउदा हिलो र घाम लाग्दा धुलो हुनेबाट टाढा हुने बताउदै बाटो पिच गरिदिएकोमा पुतलीबजार नगरपालिकालाई धन्यवाद ज्ञापन दिईन् ।

आर्थिक वर्ष २०७६ फागुनमा ठेक्का सम्झौता भएकोमा एन एण्ड ए कन्ष्ट्रक्सन एण्ड सप्लायर्सले बाटोको पिचको जिम्मा लिएको थियो । कन्ष्ट्रक्सनले कोरोना संक्रमणका कारण समयमा विच गर्न नसक्दा समय थपेर कन्ष्ट्रक्सनले २०७७ साल असोजमा पिचको काम पुरा गरेको थियो ।

थपीएको समयमा एन एण्ड ए कन्ष्ट्रक्सन एण्ड सप्लायर्सले सडक पिचको काम सम्पन्न गरेको पुतलीबजार नगरपालिकाका सव–इन्जीनियर अरुण पौडेलले जानकारी दिए । सव–इन्जीनियर पौडेलले सडक पिच तथा मर्मत कार्य सम्पन्न पछि स्थानीय लगायत तनहुँ, कास्की र स्याङजाबासीले सडक उपभोग गर्न सक्ने बताए ।

सडक वोर्डको ७० प्रतिशत र पुतलीबजार नगरपालिकाको ३० प्रतिशत लगानी रहेको बार्डखोला नयाँबजार सडक मर्मत कार्यमा पाईप कल्भर्ट, नाला, मेसीनरी वाल र कालोपत्रे लगायत मर्मत तथा सम्भार भएको थियो । पुतलीबजार नगरपालिकाको वडा नम्बर ३, गैरीखेतमा करिब ६४ लाखमा पिच भएको हो ।

पुतलीबजार नगरपालिकामा जनप्रतिनिधिहरु आएपछि पहिलाको पुतलीबजार र अहिलेको पुतलीबजारमा धेरै परिवर्तन आएको पुतलीबजार नगरपालिकाकी नगरप्रमुख सिमा कुमारी क्षेत्रीले बताईन् । नगरप्रमुख क्षेत्रीले विकास निर्माण अन्तरगत विभिन्न सडकहरु, शिक्षा तथा स्वास्थ्य, खेलकुद देखी पर्यटन र रचनात्मक तथा नगरबासीहरुलाई सचेत बनाईएको जानकारी दिईन् ।

फेसबुक प्रतिक्रियाहरु