आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • समाचार
  • कांग्रेस नेता सूर्यबहादुर केसीको निधन
समाचार

कांग्रेस नेता सूर्यबहादुर केसीको निधन

  • स्याङ्जा सेरोफेरो मङ्लबार, कार्तिक १८, २०७७ | November 3, 2020

प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको सोमबार राति पोखरामा निधन भएको छ ।

मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनको मुस्ताङचोकस्थित घरमै ६३ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

उनी प्रतिष्ठित उद्योगी समेत हुन् । दक्षिण एसियामा चाउचाउ उत्पादन सुरु गरेको श्रेय उनैलाई जान्छ ।

हिमश्री फुड्स प्रालि स्थापना गरेर उनले दक्षिण एसियामै पहिलोपल्ट पोखरामा ‘रारा’ चाउचाउ उत्पादन सुरु गरेका थिए ।

निर्माण व्यवसायबाट व्यावसायिक जीवनमा हात हालेका उनले बैंकिङ, रियल स्टेट, जलविद्युत, खाद्य क्षेत्रमा ठूलो लगानी गरेका थिए ।
राजनीतिक जीवनको लामो समय उनले राष्ट्रिय प्रजातन्त्र पार्टीमा बिताए । उनी पोखराको पूर्वप्रधानपञ्च पनि हुन् ।

पहिलो संविधानसभाको निर्वाचनमा उनी राप्रपाबाटै समानुपातिक सांसद बनेका थिए ।

प्रतिनिधिसभा निर्वाचनको मुखै उनी कांग्रेस प्रवेश गरेका थिए । कांग्रेसले उनलाई समानुपातिक कोटामा प्रतिनिधिसभिामा पठाएको थियो ।

सांसद केसीको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु