आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • समाचार
  • भक्तजनको पर्खाइमा नुवाकोटको ‘कालाभैरव’ मन्दिर
समाचार

भक्तजनको पर्खाइमा नुवाकोटको ‘कालाभैरव’ मन्दिर

  • स्याङ्जा सेरोफेरो मङ्लबार, कार्तिक १८, २०७७ | November 3, 2020

रोशन लामिछाने, स्याङ्जा :

स्याङजाको पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाको संगम स्थलमा पर्ने नुवाकोटमा रहेको कालाभैरव मन्दिर धार्मीक पर्यटकहरुको पर्खाइमा रहेको छ । कुनै बेला जिर्ण अवश्थामा रहेको कालाभैरव मन्दिरको पूनःनिर्माण पश्चात धार्मीक पर्यटकको पर्खाइमा रहेको हो ।

जिल्लाकै उच्च मध्य पहाडी भु–भागमा अवस्थित धार्मीक पर्यटकीय मन्दिर कालाभैरवमा नवदुर्गाको फुलपाती, कालरात्री, नवमी, पूर्णीमामा र चैते दशैका दिन भत्तजनहरुको भिडलाग्ने गर्दछ । कालाभैरममा दर्शन गर्न स्याङजावासी लगायत स्थानीयहरु र छिमेकी जिल्लाहरु कास्की, पर्वत र नवलपरासीबाट आउनु गर्दछन् ।

कालाभैरव मन्दिरमाको धेरै शक्ति भएको र भक्कल गरी पुजा गरेमा आटेताकेको पुरा हुने भन्दै भक्तजनहरु आउने गरेको मन्दिरका पुजारी तेजप्रसाद अर्यालले जानकारी दिए । पुजारी अर्यालले छोरा नभएकाले छोरा माग्न, विदेश जादा राम्रो होस र चिताएको पुग्योस भनेर दर्शनार्थीहरु दर्शन गर्न आउने गरेको बताए ।

चौबिसे राज्य मध्यको एक शक्तिशाली राज्य नुवाकोट प्रकृतिक सुन्दरताले भरिपूर्ण छ । यहाँबाट माछापुछ्रे, अन्नपूर्ण, धवलागिरी, मनास्लु जस्ता हिमालको सुन्दर अवलोकन गर्न पाइन्छ । पर्यटकीयसँगै यो एक धार्मिक स्थल पनि हो । जहाँ चण्डी माईको मन्दिरलाई देव देवताहरुले पुजाको बिसर्जन गर्ने मन्दिरका रुपमा बुझिने परम्परागत विश्वास छ ।

पुतलीबजारबाट आएका एक दर्शनार्थी खड्कबहादुर सुन्दासले नुवाकोटमा रहेको कालाभैरवको दर्शनले चिताएको कुरा पुग्ने विश्वास व्यक्त गरे । दर्शनार्थी सुन्दासले कालाभैरव मन्दिरको दर्शनले बोली नफुटेका बच्चाहरुको बोली फुट्ने र बच्चा नहुनेलाई बच्चा हुने विश्वास रहेको बताए ।

नेपालका बाइसे चौबीसे राज्यमध्येको नुवाकोट वि.सं १५१० देखि वि.सं १८४२ मा विशाल नेपालमा विलय नहुने बेलासम्म स्वतन्त्र राज्यका रुपमा रहेको थियो । कालाभैरव मन्दिर समुद्री सतहबाट १९०० मिटरको उचाईमा रहेको छ ।

स्याङजा जिल्लाको पुरानो सदरमुकाम समेत रहेको नुवाकोट कालाभैरवमा राजा शिकार गर्न जादा रानी एक्लै भएको भेला बस्न तथा नुवाउने स्थान पनि स्मरणमा रहेका छन् । कालाभैरव दर्शन गर्न जाने भक्तजनहरु प्राकृतीक हावा आउने स्थानमा गएर हावा लिने गर्दछन् । प्राकृतिक हावा आएको दर्शकहरुले महशुस गर्ने गर्दछन् ।

फेसबुक प्रतिक्रियाहरु